स्वागतम

मेरो यो ब्लग हेरिदिनु भएकोमा सवै चिर परिचित साथीहरू लगायत तपाइ अन्जान मित्रहरू सवैलाइ धेरै धेरै धन्यावद छ ।

एस.एल.सी परिक्षार्थीहरूलाइ मेरो सल्लाह


प्रयास प्रयास प्रयास धेरै प्रयासको बावजुद आज मान्छे चन्द्रमामा पुगिसकेका छन । विश्वको सर्वोच्च शिखर सगरमाथा सफलता पूर्वक आरोहण गर्छन । जमिनमा गुड्ने आकाशमा उड्ने यन्त्रहरूको सफलता पूर्वक आविस्कार गर्छन । यि यस्ता कामहरू बाहेक अन्य थुप्रै कामहरू आज एक प्रयासले गर्दा नै सम्भव भएको हो । यसर्थ विद्धार्थी साथी हो पढाइमा पनि सफलता पाउनको लागि प्रयास गर्नै पर्छ है । यस बाहेकः
१। योजना हामी भोलिको लागि बनाउँछौ । तपाइले परिक्षा दिनु अगाडि र परिक्षा दिइसके पछाडि बनाउने सबै योजनाहरू पनि भोलिकै निम्ति बनेका हुन्छन । थोरै मात्र योजना आजको लागि बनाइन्छ । यसकारण तपाइले परिक्षा पछि बनाउने योजना त्यस्तो होस जस्ले तपाइको पारिवारिक, व्यत्तिगत र भविष्यमा सकारात्मक परिवर्तन ल्याउनको साथै आफ्नो गक्ष अनुसार निर्भर रहेको होस ।
२। भोलिको दिनमा यदि तपाइले सोचे अनुरूपको नम्बर, प्रतिशत आएन भने मैले सोचेको केहि पुगेन भनेर हतास नहुनुहोस । एस.एल.सी मात्रै पढाइको अन्तिम तह हैन । एस.एल.सी त उच्च माध्यमिक शिक्षाको पहिलो खुड्किलाको आधार हो । यसर्थ एस.एल.सी परिक्षा पछिका परिक्षामा राम्रो अंक र श्रेणि ल्याउन कडा मेहेनत गर्नुहोस ।
३। कुनैपनि योजना हचुवाको भरमा बनाउनु हुदैन । अझ विद्धार्थी जिन्दगीको योजना त हचुवाको भरमा बनाउने सोच समेत नगर्नुहोस । किनभने विद्धार्थीको जिन्दगी अति नै संवेदनशिल छ । पढाइको भार एकातिर  बेरोजगारिको मार अर्कोतिर । यसर्थ योजना एकदम सोचेर, बुझेर र भविष्य प्रति मनन् गरेर बनाउनु पर्दछ ।
४। तपाइको भोलिको समय, सफलता र दुःख केबल तपाइकै मात्र हो । तपाइले पाउनु भएको सुखमा सबै साथ भएपनि तपाइको दुःखमा साथ दिने कोहिपनि हुदैन । अझ तपाइको पढाइको दुःखमा त अरूले साथ दिने कुरै भएन । त्यसैले आफ्नो मन र रोजाइ अनुसारको विषय, संकाय र क्याम्पस छानेर पढ्नुहोला । अरूको करकापमा नपर्नुहोला । किनकि पढ्ने तपाइले हो । पढाइ पछिको भविष्य पनि तपाइकै हो ।
५। साथी भनेको मन्द विष हो । साथीको गुलियो संगतमा धेरै घुलमिल भएर आफ्नो भविष्यलाइ तितो नबनाउनुहोला ।
६। संसारमा सबैभन्दा बलवान केबल समय मात्रै छ । यसले कसैको डर, त्रास, धम्कि, माया, ममता, पिडा केहि बुझ्दैन । यसकारण सहि समयमा सहि पाइला चाल्न पछि नपर्नुहोस । आज पछि पर्ने ब्यत्ति भोलिको लागि पनि सधै पछि मात्रै परिरहन्छ ।
८। आफुले आफुलाइ चिन्न सक्नु पनि हाम्रो अर्न्तनिहित पढाइ हो ।
८। अचेल कडा परिश्रम गरेर पढेको विद्धार्थीले भन्दा चिटिगं गरेको विद्धार्थीले बढि अंक ल्याउने र राम्रो डिभिजनमा पास हुने गरेको सुनिन्छ । यस्तो अवस्थमा मेहेनत गर्ने विद्धार्थीको मनस्थिति र आत्ममनोवल खस्किन्छ । तर सत्य यो पनि छ कि, चिटिगं गर्ने विद्धार्थी सर्टिफिकेटमा मात्रै सफल हुन्छन । तर कडा मेहेनत गर्ने विद्धार्थी सर्टिफिकेटको साथसाथै जिन्दगीका हरेक अवसरहरूमा समेत सफल हुन्छन ।
९। एस.एल.सी परिक्षा दिने अधिकांश विद्धार्थीहरूको उमेर आलोकाचो हुन्छ । यसकारण यो उमेरमा सबैभन्दा बढि आफ्नो पारिवारिक धरातल बारे सोच्नु, बुझ्नु र सहयोगी बन्नु जरूरी छ ।
१०। रिस र बल सबैसँग हुन्छ तर त्यो रिस र बललाइ प्रयोग गर्ने बुद्दि सबैसँग नहुन सक्छ । यसर्थ, फेल भएको अवस्थामा रिस देखाइ, निरास भइ भविष्यालाइ अझ बिगार्ने कुनै क्रियाकलाप नगर्नुहोला । किनभने असफलता पनि जिन्दगीकै एउटा पाटो हो ।