स्वागतम

मेरो यो ब्लग हेरिदिनु भएकोमा सवै चिर परिचित साथीहरू लगायत तपाइ अन्जान मित्रहरू सवैलाइ धेरै धेरै धन्यावद छ ।

उदयपुरको


उदयपुरको जनसंख्या ३ लाख १७ हजार ५ सय ३२ पुगेको छ । तथ्याङ्क कार्यालय उदयपुरले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०६८ अनुसार उदयपुरमा ६६ हजार ५ सय ५७ घरपरिवार रहेको तथ्याङ्क कार्यालय उदयपुरले जनाएको छ । साधारण बसोबास भएका ६६ हजार ५ सय १४ र संस्थागत बसोबास भएका ब्यारेक छात्राबास जस्ता भवन ४३ समेत जम्मा गरी उपरोक्त जनसंख्या रहेको तथ्याङ्कमा उल्लेख छ । उक्त जनसंख्यामध्ये पुरुष १ लाख ४९ हजार ७ सय १२ रहेका छन् भने महिलाको संख्या १ लाख ६७ हजार ८ सय २० छ । जिल्लामा पुरुषको तुलनामा महिलाको संख्या बढि देखिएको छ । पुरुषभन्दा १८ हजार १ सय ८ जना महिला बढि रहेको तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्कअनुसार पाँच वर्षभन्दा माथिका पुरुष ७७.१७ प्रतिशत र महिला ६१.४६ प्रतिशत साक्षर रहेका छन् । त्यस्तै ६६ हजार ५ सय १४ परिवारमध्ये १७ हजार ७ सय ५८ परिवारका २२ हजार ६० जना विदेशिएको तथ्याङ्कमा उल्लेख छ जसमध्ये २ हजार २४ जना महिला छन् । जिल्लामा २.४५ प्रतिशत अपाङ्गता भएका मानिसहरूको जनसंख्या रहेको छ भने ७२.५६ प्रतिशत हिन्दु धर्मावलम्बी र ४८.३५ प्रतिशत मानिसहरुको घरमा शौचालय नभएको समेत तथ्याङ्क उल्लेख छ ।
प्रारम्भिक नतिजाअनुसार भने,
नेपालको पूर्वाञ्चलको सगरमाथा अञ्चलमा पर्ने उदयपुर जिल्ला पहाड र उपत्यका सहितको एक भित्रि मधेशसको जिल्ला हो । यस जिल्लामा एक नगरपालिका र ४४ वटा गाविसहरू छन् । यो जिल्ला तीन निर्वाचन क्षेत्रमा विभाजित छ । सबै जात जातिहरू खासगरी राइ, मगर, गुरूगं, थारू र दनुवार लगायतका जनजातिहरूको बाहुल्यता रही सामाजिक, धार्मिक सहिष्णुताको अनुपम नमुनाका रूपमा रहेको यस जिल्लामा राष्ट्रिय जनगणना २०६८ अनुसारको प्रारम्भिक नतिजा अनुसार जिल्लाको कूल जनसंख्या ३,२१,९६२ रहेको अनुमान गरिएको छ । त्यसमध्ये महिलाको संख्या १,7०,३१३ र पुरूषको संख्या १,५१,६४९ रही पुरूष र मिहलाको अनुपात ०.८९:१ रहको देखिन्छ । यहाँको कुल परिवार संख्या ६६,०५४ रहेको छ भने जनघनत्व १५६ वर्ग कि.मि रहेको देखिन्छ । साथै जनसंख्या बृद्दिको दर भने १.१३ प्रतिशत रहेको छ ।