के हामी दुईवटा आँखाहरूले एकैपल्ट दुईतिर देख्न
सक्छौं ? के हामी दुईवटा हातहरूलाई एकैपल्ट दुई वटा काममा प्रयोग गर्न सक्छौं ? के
हामी दुईवटा कानले एकैपल्ट धेरै ध्वनिहरूलाई स्मरण गर्न सक्छौं ? के हामी दुईवटा
खुट्टाले एकैपल्ट दुई दिशातिर हिड्न सक्छौं ? सायद सक्दैनौ र असम्भव पनि छ ।
यसकारण
युवा साथी हो, कामको चश्मा काममा मात्रै लगाउनुहोस । पढाईको चश्मा पढाईमा मात्रै
लगाउनुहोस । कामको बेलामा पढाईको पनि अनि पढाईको समयमा कामको पनि चश्मा लगाउने
प्रयास समेत नगर्नुहोस । अर्थात, युवा साथी हो यदि तपाइ पढ्दै हुनुहुन्छ भने
सम्पूर्ण ध्यान पढाईमा मात्रै केन्द्रित गर्नुहोस । यदि तपाई मनोरञ्जन गर्दै
हुनुहुन्छ भने मनोरञ्जन मात्रै गर्नुहोस । यदि तपाइ यात्रा गरिरहनुभएको छ भने
यात्राको बारेमा मात्रै सोच्नुहोस । यदि तपाई सफलता चाहनुहुन्छ भने सफलताको विषयमा
मात्रै केन्द्रित रहनुहोस । यदि तपाई अगाडि बढ्न चाहनुहुन्छ भने अगाडि बढ्ने
मात्रै प्रयास गर्नुहोस एकैपल्ट एक भन्दा बढि विषयहरूमा वा क्षेत्रहरूमा मन
खेलाउनु भयो भने तपाईले जिन्दगीमा कहिल्यै चाहेजस्तो सफलता पाउनुहुने छैन ।
तपाईलाई थाहा भएकै
कुरा हो कि, विश्व तीब्र गतिमा परिवर्तन भइरहेको छ । यहि अनुरूप तपाई हाम्रो
जिन्दगी पनि भागदौडपूर्ण बेफुर्सदिलो छ । अझ बेरोजगारीको समस्याबाट उन्मुत्ति पाउने
सोचले धेरै युवाहरूले त गोरू झै दिन रात पढाई र जागिरको भागदौडमा जिन्दगीलाई
जोतिरहेका छन । बा लोकसेवा परिक्षामा पनि नाम निस्किहाल्छ कि भनेर लोकसेवा परिक्षा
तयारीको लागि पनि पढिरहेका छन । यस्तो अवस्थाले एक त पहिलेदेखि नै ब्यस्तपूर्ण
जिवन त्यसमाथि अझ सबै क्षेत्रमा चुस्स चुस्स हात हाल्ने प्रवृतिले गर्दा युवाहरूले
सिंगो जिन्दगीलाई नै स साना भागहरूमा बाडिरहेका छन । भनौं, अचेलका युवाहरूले मन पढाईमा
लगाएता पनि ध्यान भने जागिरकै खोजिमा भौतारी रहेको हुन्छ । यस्तो अवस्थामा साच्चै
भन्ने हो भने एकातिर कलेज लेभलको पढाइको पेलान, अर्कोतिर लोकसेवा परिक्षाको बोझ । त्यसमाथि
अझ दिनभरको जागिर खोजाइको भागदौडको स्ट्रेसले गर्दा सामान्य रूपमा भन्दा बढि
सारीरिक तथा मानसिक प्रेसर पर्न गई अन्त्यमा न त कलेज लेभलको पढाइ राम्रो हुन्छ न
त लोकसेवा परिक्षा नै । त्यसै गरि न त जागिरे जिवन नै सन्तोषजनक हुन्छ ।
यस्तै एकैपल्ट
चारैतिर छुस्स छुस्स हात हाल्ने प्रवृति पनि एउटा तितो सत्य हो कि अचेलका
युवाहरूले सोचेजस्तो जागिर नपाउनुमा । किनभने अचेलका युवाहरूले धेरै भन्दा धेरै
अपेक्षा पालेर एकैपल्ट धेरै क्षेत्रहरूमा हात हाल्छन । त्यसमाथि बेरोजगारिले
ग्रस्त बनाएको मनस्थीतिले उनिहरूलाई अझबढि एकैपल्ट धेरै क्षेत्रमा हात हालियो भने
एउटा क्षेत्रमा असफल भएता पनि अर्को क्षेत्रमा सफल भईहालिन्छ भन्ने मानसिकता बनाईदिन्छ
। तर अन्त्यमा भने त्यहि एकैपल्ट धेरै विषयहरूमा वा क्षेत्रहरूमा छुस्स छुस्स हात
हाल्ने प्रवृतिकै कारणले कुनैपनि क्षेत्रमा पूर्ण ज्ञान नपाइ अर्धदक्षमै सिमित रहि
बेरोजगारीको समस्याले आत्महत्या गर्न समेत बाध्य गराउँछ ।
अचेलका धेरै
युवाहरूले चारैतिर अर्थात नयाँ नयाँ प्रविधि, ज्ञान विज्ञान, सोच बिचार अध्ययन
अध्यापनमा गहन अध्ययन र बिचारै नगरि अगाडि बढेको मात्रै हेर्न चाहन्छन । पहिले
सफलताको शिखर चुम्ने रहरमा अन्धाधुन्द पाराले दौडिरहेका छन । तर ति इच्छा र
चाहनाको के मूल्य यदि त्यो पुरा भएन भने ? त्यसैले ति चाहना त्यति बेला मात्र पुरा
हुन्छ जब हामी जुनैपनि विषयलाई एक एक गरि केलाउछौं, एक एक गरि बुझ्दै जान्छौं र एक
एक गरि त्यस क्षेत्रमा दक्ष हुदै जान्छौं । यसकारण जब हाम्रो चारैतिर गएको मन
एकाग्र हुन्छ तब मात्र मन, मस्तिष्क र कर्मको तालमेल मिलि हाम्रो काम सफल हुन्छ र
हामि पनि सफल र सक्षम हुनेछौं ।
यसर्थ यदि सफलता
पाउने नै हो भने युवासाथी हो, हामीले एक समयमा कुनै एक विषयमा वा एक क्षेत्रमा
मात्रै अनुबन्धित रहनुपर्छ । सफलताको लागि पूर्ण विश्वास र अनुशासित अभ्यास जरूरी
छ है ।