हामीले
विभिन्न नीति, नियम कानूनहरूलाइ औपचारिकताको घेराबेरा भित्र बढि सिमित गराउदैछौं ।
व्यवहारीक रूपमा कमै मात्र प्रयोग भइरहेका छन । विभिन्न विषय प्रसंग या
परिस्थितहरू बाट विभिन्न सवालहरू उठाउने गर्दछौं तर ति सवालहरूको औचित्य, क्षेत्र,
प्रकृति, त्यसले पार्नसक्ने वा पारिरहेको प्रभावहरूलाइ सामान्य रूपमा मात्र केलाउने
गर्दछौं । हाम्रो अधिकार तथा सेवासुविधा माथि प्रत्यक्ष रूपले असर पुर्याउने भ्रष्टचार
बारे पनि चुप छौं । यसर्थ अब भ्रष्टचारको बिरूद्दमा सम्बन्धित स्थानीय निकाय,
सरोकारवाला एवं अधिकारवाला ब्यत्ति संघ संस्थाहरू समेत एकजुट हुन अनिवार्य छ ।
भ्रष्टचारको
सवाल सामान्य हैन र छैन पनि । भ्रष्टचार हाम्रो देशको मात्रै नभइ पुरै विश्वको
लागि समेत एउटा चुनौतिको विषय हो । भ्रष्टचार विरूद्द विभिन्न नीति, नियम र ऐन
कानूनहरू बनाइएता पनि तपाइ हाम्रै लापर्वाहिको कारणले कार्यान्वयन पक्ष कमजोर
बन्दै गएको छ । जसले गर्दा हाम्रो देशको वर्तमान संविधान, सरकार, राजनीति तथा
समस्त विषयक्षेत्रहरू प्रभावित भइरहेका छन । गास, बास र कपास जस्तो आधारभूत
अधिकारमा मात्र नभइ देश विकासको पूर्वाधार शिक्षा, स्वास्थ्य, सञ्चार लगायत
सरकारी, गैरसरकारी सेवासुविधा प्रयोगको क्षेत्रमा समेत भ्रष्टचारको नकारात्मक असर चरमसिमासम्म
पुगिसकेको छ ।
अझ
जनजिब्रोको भाषामा भन्नुपर्दा, भ्रष्टचार तपाइ हामिले उपभोग गर्ने चामलको
बोराभित्र समेत बियाँ, ढुगां र इटाका स साना टुक्रहरू बनेर पसिरहेको छ । कणिकाको
रूपमा सिगों चामलसँग सराबरि बनेर मिसावटि कार्यमा घुलमिल भइरहेको छ । तरपनि हामी
त्यो धानको बियाँ, ढुगां र इटाका स साना टुक्राहरू मिसाइएको चामलमा पैसा हाल्न
बाध्य छौं । त्यसैगरि हामीले घर बनाउदा प्रयोग गर्ने सिमेन्ट तथा अन्य आवश्यकीय
सामग्रिहरूको गुणस्तरमा पनि भ्रष्टचार घुलनशिल पदार्थ बनेर प्रयोग हुदै अइरहेको छ
। परिणाम स्वरूप ति सिमेन्टबाट बनाइने रेलिगं, भेन्टिलेशनका सामाग्रीहरूमा
बालुवाको मात्रा बढि मिसाएर चर्किने, फस्याक फस्याक बिग्रने प्रकृतिको बन्ने गर्छ
। तरपनि हामि त्यस्ता गुणस्तरहीन सामग्रिहरूको प्रयोग गर्न बाध्य छौं ।
हामीले
प्रयोग गर्ने कपडामा पनि विभिन्न प्रकारको गुणास्तरहीन सामग्रि, गुणस्तरहीन रंग
बनेर भ्रष्टचारले राज गर्दै पैसा धुतिरहेको छ । चमकधमक रंगरोगनले बाहिरि रूपबाट
टलक्क टल्काएको कपडाहरू स्वास्थ्यको लागि प्रतिकुल मानिन्छन । एलर्जी, टाउको
दुख्ने, प्रयोग गर्न असहज एवं प्रयोग पश्चात सारीरिक पिडा समेत हुने गर्दछ । तरपनि
हामि त्यस्ता कपडा प्रयोग गर्न बाध्य छौं ।
देश
विकासको सबैभन्दा ठूलो शत्ति एवं मेरूदण्डको रूपमा युवाहरूलाइ लिने गरिन्छ ।
राजनीतिक क्षेत्रदेखि परिवर्तनको पाटोसम्ममा उनिहरूले अतुलनीय अग्रणी भुमिका
निर्वाह गरिरहेका छन । तर हाम्रो देशको नीति, कानून र नियमहरूको कार्यान्वयन
पक्षमा भ्रष्टचारको राज चलिरहेको कारण प्रत्येक दिन झण्डै एक हजार बढि नेपाली
युवाहरू बिदेश जान बाध्य छन ।
शिक्षा
मानव जिवनको मूल अस्तित्व हो । शिक्षा नहुदो हो त हाम्रो बोलि बानी र व्यवहार
पशुझै हुनेथ्यो । कृतिम कपडाले ढाकछोप गरिएको हाम्रो वास्तविक अस्तित्व निर्वस्त्र
चित्रण हुने थियो । तर शिक्षाले गर्दा आज हामि सजिव प्राणिहरू मध्ये सर्वश्रेष्ट
प्राणि मानवको रूपमा परिचित छौं । बुद्दि, बिवेक, चेतनाको प्रयोगले आफ्नो अस्तित्व
फरक ढंगले बनाएका छौं । तरपनि हिजोआज शिक्षा क्षेत्रमा पनि भ्रष्टचार नगदे बालिको रूपमा
मौलाएको कारण हरेक विद्धालयमा नेपाल सरकारले प्रदान गरेको निःशुल्क शिक्षाको
दुरूपयोग भइरहेको छ । निःशुल्क भनिएका शिक्षा व्यवसायप्रति सशुल्क भइसकेको छ । यति
मात्र नभएर शैक्षिक सामग्री प्रकासनदेखि वितरण कार्यमा समेत भ्रष्टचार हुने गरेको
छ । यस विषयमा न त विद्धालय व्यवस्थापन समिति, न त शिक्षक अभिभावक संघ न त कुनै
सरोकारवाला निकायले नै चासो दिइ चिन्ता देखाएका छन । न त तपाइ हामिले नै चासो
दिएका छौं ।
यी
त सामान्य नमुनाहरू मात्र मैले वकालेको हूँ भ्रष्टचारको विषयमा । यि बाहेक
स्वास्थ्य, यातायात, सञ्चार जस्ता यावत क्षेत्रहरू समेत भ्रष्टचारको संक्रमणबाट
संक्रमित छन । जहाँ कसैले पैसाको दुरूपयोग गरि भ्रष्टचार गरिरहेका छन भने कसैले आफ्नो
अधिकार र पदीय दायित्वको दुरूपयोग गरि भ्रष्टचार गरिरहेका छन । परिणामस्वरूप
हामिले चाहेको समयमा हाम्रो धारामा पानी आउँदैन । परिक्षा तयारीको समयमा
लोडसेडिगंको समस्या झेल्नु परेको छ । अन्य यावत अनपेक्षित समस्याहरू
झेल्नुपरिरहेको छ । त्यसैले अब चामलको बोरा भित्र ढुगां, इटा, सिसाका स साना
टुक्राहरू नभेट्नको लागि, घर बनाउन प्रयोग गर्ने सिमेन्ट र सिमेन्टका सामग्रीहरूमा
गुणस्तर कायम गर्नको लागि, लत्ताकपडाहरू स्वास्थ्य अनुकुल बनाउनको लागि, परिक्षा
तयारी समयमा लोडसेडिगंको मार नखेप्नुको लागि, एक्सपायर दवाइमा दोहोरो लेवलिगं
नगर्नको लागि, पेट्रोलियम पदार्थ र ग्यासमा बढि मूल्य नतिर्नको लागि भ्रष्टचार
बिरूद्दको कार्यमा सबैले एकजुट हुन अतिआवश्यक छ ।
तर
यसको लागि हामीले आफ्नो आचरण भ्रष्ट बनाउदिन । आफ्नो अधिकार, कार्यजिम्मेवारी र
दायित्वको दुरूपयोग गर्दिन । राष्ट्रको ढुकुटिबाट एक पैसा पनि दुरूपयोग गर्दिन अदि
इत्यादि भन्नु मात्र भ्रष्टचार घटाउनको लागि प्रयाप्त छैन है ....