स्वागतम

मेरो यो ब्लग हेरिदिनु भएकोमा सवै चिर परिचित साथीहरू लगायत तपाइ अन्जान मित्रहरू सवैलाइ धेरै धेरै धन्यावद छ ।

कानुन र मर्यादाको भक्षकहरु

हाम्रो देशका सभासद र नेताहरु आजभोली दिनप्रतिदिन समाचार,पत्र पत्रिकाको केन्द्रबिन्दु र जनताहरुको तगारोको बिषय बन्दैछन |चाहे समयमा सम्भिधान बनाउन नसकेरहोस् | या भने जस्तो गाडी चढ्न नपाएको कारणले कानुनी अहोदा प्राप्त व्यक्तिलाई चप्पल हान्ने कार्यदेखि सेमिनार गोस्ठीको कुर्सि भाच्ने बिसयसम्म होस् | भर्खरै मात्र पुनः कुटनीतिक राहदानी दुरुपयोगको बिषयमा र आफ्नै नागरिकहरुको थप्पड खाने बिषयमा पनि चर्चा परिचर्चा बटुल्न सफल भएका छन् हाम्रा चार सभासधहरू |
भर्खरै सकिएको यस बर्षको एस.एल.सी को कुरा गरौ |त्यस एसएलसीमा मानपुर गाउँकी सभासद किरणदेवी ठाकुरले बरहथवा परिक्षा केन्द्रमा आफ्नो ठाउँमा आफ्नै स्नातक अध्यनरत छोरीलाई परिक्षा दिन खटाएर नाटकै प्रस्तुत गरिन |परिक्षा जस्तो गरिमामय बिषयको मर्यादा उल्ल्घन गरेर सम्पूर्ण सभासदहरुको  चरित्रमा प्रश्नबाचक चिन्ह खादा गरिदिइन | जुन घटना त हामी सबैमाझ ताजानै छ र सबैलाई थाहानै होला |परीक्षाको क्रमिक दौडन चलिरहेकै बेलामा दुई वटा बिषय सकी तीनवटाको बिषयमा परीक्षा केन्द्रले बास्तविकता पत्ता लगाएपछि उनी जनसमुदायमाझ एमाले कार्यकर्ताको दलबलको साथ प्रकट भएकी थिइन |आखिर अन्त्यमा बास्तविकता सबै माझ आयो | शिक्षा मन्त्रालय तथा परिक्षा नियन्त्रण कार्यालयको उच्च पदस्थ अधिकारीहरुको छानबिन टोलीले सत्यतथ्य पत्ता लगाई सभासद्की छोरी भगाएको आरोपमा परिक्षा केन्द्रको केंद्र अधक्षलाई निलम्बित गराएर छाड्यो | तर हाम्रो देशको कानुनले जो असली अपराधी बिमदेवी र उनकी स्नातक अध्यनरत छोरीलाई भने कुनै कार्यवाही गरेन |न त अहिलेसम्म कुनै कानुनी कार्यवाही नै अगाडी बढाएको सुन्नमा आएको छ |
यति मात्र नभएर फेरी जनता दलकी समानुपातीकबाट छनौट हुन सफल सभासद गायत्री साह र मधेशी जनाधिकार फोरोमका सभासद विश्वनाथप्रसाद यादवले आफ्नो कुटनीतिक राहदानी दुरुपयोग गरि चर्चाको शिखर चुम्न सफल बनेका छन् |यसरी एक पछि अर्को गर्दै बढिरहेको उनीहरुको अपराधिक गतिविधिहरुको कुनै निश्चित मात्रामा मात्र सिमितता नभएको पुस्टि सहजै जो कोहिले अड्कल गर्न सक्दछ |देश अहिले इतिहासकै बिशिस्ट गम्भीर र समबेदनशिल परिस्थितिमा  अड्किएको छ | देशको यस्तो सम्बेदनशील परिस्थितिमा सबैमा सहमति भई अगाडी बढ्नु जरुरि छ | तर झन देशले एकातिर र राजनीतिक दलका नेताहरुले अर्कोतिर पाइला मोडिरहेको छ | यिनिहरुबिच्को तालमेल नमिल्नुको कारणले गर्दा शान्ति र सम्भिधान अझसम्म पनि बन्न सकेको छैन | यस्तो अबस्थामा एमालेका झलनाथ खनाल होस् या झक्कुप्रसाद सुबेदी होस् उनीहरुको गालामा थप्पड बर्शिनु उचितनै हो |

No comments:

Post a Comment