दूर सञ्चार
कार्यालयमा पैसा तिर्न जादा हामीले दुई तीन रूपैया फिर्ता पाइने छ भने त्यो दुई
तीन रूपैया फिर्ता पाईन्दैन । एक चोटि हैन, दुई चोटि हैन प्रत्येक पल्ट दुई तीन रूपैयाँको खुद्रा छैन भन्दै फिर्ता दिदैनन्
। बरू ९४८ कटाउनुपर्नेमा ९५० कटाइ दिन्छन ।
त्यसैगरी बिद्धुत
प्राधिकरणमा पनि यदि हामीले दुई तीन रूपैया फिर्ता पाइने छ भने खुद्रा सकियो भन्दै फिर्ता दिदैनन् । बरू, ए
भाई अहिलेको जमानामा दुई तीन रूपैयाँको के कुरा गर्छौ । दुई तीन रूपैयाँ के हो र ? केटाकेटिले चुस्ने ललिपप
पनि पाइन्दैन दुई रूपैयाँमा भन्दै टार्छन ।
हुन पनि हो अचेल दुई तीन रूपैयाँमा ललिपप पाइँदैन । तर दुई तीन रूपैयाँमा ललिपप पाइन्दैन भन्दैमा दुई तीन रूपैयाँ चाहि पैसा नै हैन ?
त्यहि दुई तीन रूपैयाँको हेराफेरी गर्नेनै हो भने, के
हामीले ९४८ तिर्नुपर्नेमा ९४५ तिर्दा उनिहरूले चाहि मान्छन त ?
यसर्थ अब दूर सञ्चार
कार्यालय, बिद्धुत प्राधिकरण र अन्य संस्थाहरूबाट उपभोत्ताहरूलाई फिर्ता दिइनुपर्ने तर फिर्ता नदिइएको त्यस्तो
दुई तीन रूपैयाँलाई एउटा आर्थीक सहयोग कोष बनाएर प्रशंसनीय कामको
प्रारम्भ गरौं ।
किनभने, हाम्रो
समाजमा त्यस्ता महिला, बालबालिका र अशत्त ब्यत्तिहरू प्रशस्तै छन जो नगरपालिकाले
दिएको सिफारिस पत्रको भरमा बाँचिरहेका छन । एक एक दोकान, कार्यालय चाहर्दै र सडक
छेउ बसेर, डुलेर केहि माग्नु सिवाय उनिहरूसँग अरू केहि बिकल्प छैन ।
यस्तो अवस्थामा, यदि
हामीले दूर सञ्चार कार्यालय र बिद्धुत प्राधिकरण कार्यालयबाट फिर्ता नदिइएका तिनै दुई तीन रूपैयाँ संकलन गरि बनाएको कोषको एकमुष्ट
रकम ति असहाय महिला, सडक बालबालिका, मानसिक सन्तुलन गुमाएका र सारीरिक रूपमा अशत्त
रहेका असहाय ब्यत्तिहरू र प्राकृतिक बिपद् या प्रकोपमा परेका परिवारहरूको उद्दार
कार्यमा प्रयेग गर्दा त्यो राम्रो काम हुदैन र ?
त्यसैले पनि अब
दूरसञ्चार कार्यालय र बिद्धुत प्राधिकरणले उपभोत्ताहरूलाइ फिर्ता नदिई कटाएका दुई तीन रूपैयाँ जम्मा गरेर एउटा आर्थीक सहयोग
कोषको निर्माण गर्नुपर्छ । एकजनाबाट दुई तीन रूपैयाँको दरले फिर्ता नदिइ कटाइएको पैसा दुई तीन रूपैयाँ हुदै भोली गएर एक सय हुदाहुदै एक
हजार हुनेछ । फेरी त्यो एक हजार महिना भरमै दुई तीन हजार हुनेछ । जुन रकम एउटा सडक बालबालिका,
असहाय ब्यत्ति साथै एक बिपदमा परेका परिवारको सहयोगी काममा प्रयोग हुनेछ ।