स्वागतम

मेरो यो ब्लग हेरिदिनु भएकोमा सवै चिर परिचित साथीहरू लगायत तपाइ अन्जान मित्रहरू सवैलाइ धेरै धेरै धन्यावद छ ।

याम्खा गाउँ एक परिचय


याम्खा गाउँ वर्तमान नेपालको पूर्वाञ्चल विकास क्षेत्र अर्न्तगत सगरमाथा अञ्चलमा पर्दछ । सगरमाथा अञ्चलमा पर्ने ६ जिल्लाहरू मध्ये पहाडि भूगोलमा अवस्थित खोटागं जिल्ला सदरमुकाम दित्तेलबाट दक्षिण पश्चिममा पर्दछ ।
अवस्थित अनुरूप याम्खा गाउँको पूर्वमा टुकुरे खोला, पश्चिममा ठाडो मूलबाटो(छिमेकि गाविस डाँडागाउँ र याम्खाको सिमानामा रहेको बाटो), उत्तरमा साप्सुखोला र दक्षिणमा डाँडागाउँसँग छुट्याएको सिमानाको सेरोफेरो भित्र भोगोलिक विविधता टार, पाखा, पखेरा, भिर पहरा, वन जंगलसाथै जैविक विविधताले सजिएको समुन्द्र सतहबाट लगभग ४८० मि. उचाइमा रहेको साप्सु खोलादेखि १९५० मि. उचाइको हाराहारीमा रहेको स्थल गैंडा भञ्जागं सम्मको भूभाग याम्खा गाविसको नामबाट परिचित हुदै आएको छ ।
प्रादेशिक बिभाजन भए अनुसार यो गाविसको सम्पूर्ण भूभाग पहाडि प्रदेशमा पर्ने भएकोले यहाँको हावापानी, गर्मी मैसममा त्यती गर्मी र जाडो मैसममा त्यति जाडो नभइ मध्यम किसिमको नै पाइन्छ । यस गाविसमा बसोबास गर्दै आएका जात जातिहरूमा राई, क्षेत्री, ब्राह्मण, नेवार, कामी, सार्की, दमाई, मगर, गुरूगं पर्दछन भने सामाजिक बाहुल्यता राई, क्षेत्री र ब्राह्मण जातिकै रहेको छ ।

तिहासिक पृष्टभुमि
हाल खोटागं जिल्ला वडा नं.२ निर्वाचन क्षेत्र र १३ वटा ईलाकामा विभाजित रहि क्षेत्र नं. १ मा ३९ वटा गाविसहरू र क्षेत्र नम्बर २ मा २ वटा गाविस मध्ये ९ नम्बर इलाकाका ५ गाविसहरू अर्न्तगतकै जिल्लाको सदरमुकाम दित्तेलदेखि ६ कि.मि. टाढा अवस्थित एक गाविस हो, याम्खा ।
यस गाविसको नामाकरण कसरी रह्यो भन्ने सर्न्दभमा तथ्यगत किटानी प्रमाण वा ऐतिहासिक दस्तावेज र लिपि समेत हालसम्म फेला परेको छैन । तथापि स्थानीय नागरिक बुढापाका बुद्दिजीवीहरूको भनाइ अनुसार यो याम्खा भन्ने शब्द रा भाषाको शब्द हो, जो यातिम्मा भन्नाले भेटहुने र खालिम्मा भन्नाले छुट्ने शब्दहरू मध्येबाट केहि शब्द लोप भअपभ्रंस हुने क्रममा याम्खा गाउँ पञ्चायत नामाकरण गरिएको हो भनिन्छ ।
बि.सं. २०२६ साल अगाडि याम्खा गाउँ पञ्चायत थिएन । जुन चुइचुम्मा डाडाँगाउँ गाउँ पञ्चायतसँगनै संयुत्त गाउँ पञ्चायत थियो । त्यसबेला याम्खाली जनताहरूले गाउँ पञ्चायतका सेवा सुविधा लिन करिब २, ३ घण्टासम्म उकाली ओह्राली गर्नुपर्दथ्यो । त्यसरी त्यती टाढासम्म धाउनुपर्ने साथै सिमित श्रोत र साधनको परिचालन गरी धेरै बिकट भूगोलको पूर्वाधार विकासको संभावना गर्ने हेतुले पिछ चारवटा वडाहरूका गाउँलेहरू र अन्य केहि वडाहरू संयुत्त रूपमा मिलेर बि.सं. २०२६ सालमा छुट्टै गाउँ पञ्चायतको रूपमा याम्खा गाउँ पञ्चायत घोषणा भयो । त्यही याम्खा टारको भूभाग भन्दा करिब १ कि.मि. मुनीको भूभागला अध्ययन गरी बिचठॉउँमा गाउँपञ्चायतको कार्यालय समेत स्थापना गरियो ।
यस गाउँपञ्चायत भित्र सावालुगं, चुइचुम्मा, थुम जस्ता ऐतिहासिक स्थलहरू रहेका छन भने चुइचुम्माले पनि यो ठॉउँ परिचित रहेको छ । यस पञ्चायत भित्र लहरेपैंयु ३, खमारे सिरूवानी मोहोरिया ८, खामडाँडा पोखरे, जामुने र रातमाटा, सुन्तले रहेको छ ।

भौगोलिक अवस्थिति
      भौगोलिक अवस्थालाई हेर्दा याम्खा गाविस समुन्द्र सतहबाट करिब ४८० मिटरदेखि १९५० मिटरसम्मको उचाइमा पर्दछ । अक्षांश २7० देखि ८.५० पूर्वी देशान्तर र ८.०८ देखि ४.५० उत्तरसमम्म रहेको छ । यसैगरी अधिकत्तम तापक्रम ३४.५ डिग्रि सेन्टिग्रेड र न्यूनतम तापक्रम ८ डिग्रि सेन्टिग्रेडसम्म रहेको पाईन्छ । र वार्षिक वर्षा सरदर १२१.३ मि.लि. रहेको पाईन्छ ।
प्रशासनिक सिमान
      याम्खा गाविसलाइ प्रशासनिक सिमानाको दृष्टिकोणले हेर्दा पूर्वमा टेम्मा गाविस, पश्चिममा बियजखर्क गाविस, उत्तरमा राजापानी गाविस अनि दक्षिणमा डाडाँगाउँ गाविस रहेको छ । वडा नं.7 ले फेरी छोरम्बु राजापानी गाविसलाइ पनि छोएको छ । वडा नं.८ ले बिजयखर्क राजापानी खाल्ले गाविससँग जोडिएको छ । वडा नं. ५ र ९ ले खाल्ले गाविसको भूभाग समेटेको छ । यसरी नै वडा नं. ९, ४, १ टेम्मा गाविसको भूभागसँग समानान्तर रहेको पाइन्छ ।
भूधरातलीय बनावट
      याम्खा गाविसको भूभागहरू समतल रहेको छ । केहि भागहरूमा भञ्ज्यागं टारहरू रहेको पाइन्छ । लेक क्षेत्र भन्दा बेंसी क्षेत्रतिर भञ्ज्यागं र टारहरूको बनावट धेरै पाइन्छ । यस गाविसमा कछाड र बेंशी गरी २ क्षेत्रहरू  रहेका छन । यस गाविसमा खोला, खोल्सा, भिरपाखा, डाँडाहरू प्रशस्तै छन । उत्तर तर्फको साप्सुखोला याम्खा जिल्लाकै खोलाको रूपमा परिचित छ ।
बेंशी साप्सु खोलादेखि उकालिदै दक्षिण तर्फ जादा यस गाविसकै उचाइ भएको वडा नं. २ डाँडागाउँ स्थित लहरे पैयूँबाट समतल पहाडका धेरैजसो भूभागहरू साथै नेपालकै चर्चित दुधकोसी नदी सुसाइरहेको समेत सुन्न र अवलोकन गर्न सकिन्छ ।