स्वागतम

मेरो यो ब्लग हेरिदिनु भएकोमा सवै चिर परिचित साथीहरू लगायत तपाइ अन्जान मित्रहरू सवैलाइ धेरै धेरै धन्यावद छ ।

फेरी आयो साकेला

बिगत बर्षहरु झैँ यो वर्ष पनि किरात समुदायको घर घरको आँगनमा अनि गाउँ गाउँ को चोक चोकमा ढोल र झ्याम्टाको आवाज घंकिन थालिसकेको छ |अनि त्यहि ढोल र झ्याम्टाको तालमा ताल मिलाएर गाइने सोइ ढोले सोइ अर्को ढोले खोइ ?अर्को ढोले खोइ हो,अर्को ढोले खोइ ....? भन्ने गीत पनि फेरी हाम्रै टोल छिमेकमा गुन्जिन थाली सकेको छ |सुन्दा अलि पृथक शैलीको चाड भए पनि यसले नेपालको संस्कृतिमा एउटा छुट्टै पहिचान बनाएर महत्वपुर्ण भूमिका खेलिरहेको छ | जसलाई हामी किरात समुदायको महान चाड साकेलाको नामले चिन्दै आइरहेको छोउ |
चारैतिर बशन्त ऋतुको हरियाली,वर्षायामको शुरु अनि खेतीपाती गर्ने मौसम |त्यसै भित्र हरियो मकैको कलिलो बोटहरुले सु सज्जित खेतबारी |अनि तीनै खेतबारीमा गोडमेल गर्दा सुसाउने भाका संगै सै सै ला हो सै सै ला भाकाले फेरी एकपल्ट गाउको कुना कन्दरा अनि बेशी पाखाहरु ब्युझ्यौदैछन |साथ साथै यो चाडले गाउँ बेशी,कुना कन्दर,शहर बजारलाई मात्र नभई केहि छिमेकि मुलुकहरु लगायत सात समुन्द्र पारिको देशहरुमा बसोबास गर्ने किरात समुदायलाई पनि नचाउदैछ | यसरि सबैको मन मुटुमा लोकप्रियता कमाएको किरातीहरुको  महान चाड साकेला जेस्ठ ३ गतेदेखि बिधिवत रुपमा शुरु भै सकेको छ |यो चाड पृथक शैलीको भएको हुनाले यसले अन्य चाडको तुलनामा छुट्टै बिशेसता बोकेको छ |जसले गर्दा यस चाडमा किरातहरुको मात्र नभई अन्य जात जातिको मानिसहरुको पनि बढी उपस्थिति हुने गरेको पाइन्छ | यो चाड नेपालको सम्बत अनुसार बुद्ध जयन्तीको दिन मनाउदै आइरहेको हुनाले यो दिन नेपाल सरकारले सार्बजनिक बिदाको घोषणा पनि गरेको छ |