स्वागतम

मेरो यो ब्लग हेरिदिनु भएकोमा सवै चिर परिचित साथीहरू लगायत तपाइ अन्जान मित्रहरू सवैलाइ धेरै धेरै धन्यावद छ ।

मर्ने आज हो कि भोलि हैन, बाँच्ने दिन कति छ कति ।


एउटा अशिक्षीत युवालो जिन्दगीलाई उदास भएर नियाल्छ । तर एउटा शिक्षीत युवाले त्यहि जिन्दगीलाई शैक्षीक अवसर मानेर जिईरहेको हुन्छ । भविष्यप्रति निरास रहेको एउटा युवाले वर्तमानलाई भूत देख्छ । तर एउटा सकारात्मक सोच राख्ने युवाले वर्तमानलाई सुन्दर भविष्य बनाउने अवसर ठान्छ । एउटा बेरोजगार युवाले समग्र समाजलाई नै बेरोजगार देख्छ । तर एउटा दक्ष र सक्षम युवाले बेरोजगारलाई रोजगार हुने अवसर देख्छ । समाजबाट पर सरेर कोहि बाच्न सक्दैन । तर एउटा हतास युवाले समाजलाई नै सत्रु देख्छ । यसर्थ मेरो युवा साथी हो जिन्दगी प्रति सधैं सकारात्मक मात्रै सोच्नुहोस । उदास, निरास नहुनुहोस । नकारात्मक सोच र आत्महत्या गर्ने बिचार नगर्नुहोस । किनकि, मर्ने आज हो कि भोलि हैन बाच्ने दिन कति छ कति ।
      पक्कैपनि, मर्ने आज हो कि भोलि हैन बाँच्ने दिन कति छ कति । यसर्थ मेरो युवा साथी हो आफ्नो जिन्दगीबाट हरेस नखानुहोस । रोग, भोक, सोक, अभाव, चिन्ता, पिडा बिनाको मानिस यो संसारमा कोहि पनि छैन । फरक यति मात्र छ कि, कसैलाई रोग, भोक, सोक, अभाव, चिन्ता, पिडा बढि छ त कसैलाई कम । उदाहरणको निम्ति भारतको प्रधानमन्त्रि नरेन्द्र मोदीलाइ हेर्नुहोस । नरेन्द्र मोदी पहिले चिया पसलमा काम गर्थे । यसैगरी हाम्रै देशको प्रधानमन्त्रि शुसिल कोईरालालाई हेर्नुहोस । कोइरालालाले बि.सं. २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ अयाम दिन बिमान अपहरण गर्ने काण्डमा संलग्न रहे । र भारतको बिभिन्न जेलहरूमा ३ वर्षभन्दा बढि सजाय भोगे । हाम्रो देशको प्रधानमन्त्रि एक बिमान अपहरणकारी समेत हुन । तर आज दैवको लिला हेर्नुहोस त । उनिहरू देशको प्रधानमन्त्रि भएका छन ।
      यसर्थ पनि मेरो युवा साथी हो, यहाँ केहि गरेर देखाउनु छ भने धैर्य राख्न सक्नुपर्छ । कठोर र पिडादायक वर्तमानलाइ उज्वल भविष्य बनाउने अवसरसम्म सकारात्मक सोचको साथ पर्खन सक्नुपर्छ । नियत र नियतिलाइ बिर्सिएर बाच्न सिक्नुपर्छ । सबै कुरा भनेकै बेला पाउन गाह्रो छ । हरपल चुनौति र उदासिनताले घेरिरहेको र अथाह इच्छा चाहनाको घेराबेरा गर्न असमर्थ रहेको हाम्रो जिन्दगी अस्थिर छ । तरपनि ति पलहरूमा सम्हालिन पनि सक्नुपर्छ । यहाँ अभाव कसलाइ छैन र ? तर अवसर पनि त धेरैलाइ छ । यहाँ अज्ञानी को छैन र ? तर ज्ञानी पनि धेरै छन नि । हैन र ?
      तपाईहरूलाई थाहा भएकै हो, आजको समयमा एउटा गर्भे भ्रुणले पनि मानवको रूप धारण गर्नु अगावै चिन्ता, पिडा, अभाव, डर पाइसकेको हुन्छ । गर्भमा रहेकी छोरीलाइ त अझ जन्मिनु अगावै मार्ने हो या बचाउने हो भन्ने चिन्ता हुन्छ । जसै यस धर्तिमा एउटा अवोध शिशुले जन्म लिन्छ तब फेरी उ सांसारिक अथाह समस्याहरूसँग जुझ्नुपर्ने प्राकृतिक नियम छ । यसरी यस धर्तिमा गर्भमा रहेको एउटा भ्रुणदेखि लिएर नमरून्जेलसम्मको ब्यत्ति सबैले अनेकन समस्या, पिडा, चिन्ता, रोग, भोक, सोक पाइरहेका हुन्छन । यसकारणले पनि साथी हो अभाव र चिन्तालाइ समस्याको पहाड बनाएर आफ्नो उज्वल भविष्यको बाटो आफैले बन्द नगर्नुहोस । बरू अभाव, चिन्ता र समस्याको पहाडलाइ सकारात्मक सोचको शत्तिले नष्ट गरेर अगाडि बढ्नुहोस । हरपल अभाव, चिन्ता र समस्याको प्रेसरमा नबसिरहनुहोस । प्रेसरमा पर्ने त प्रेसर कुकरको काम हो । हामी युवा त नयाँ नयाँ सोच र सकारात्मक परिवर्तनको साथ अगाडि बढ्न सक्ने एक शत्ति हौ ।
अन्ततः सकारात्मक सोचले हामीलाई खान दिदैन । राम्रो राम्रो लुगा लगाउन दिदैन । महँगो घर, गाडि र धन दौलत पनि दिदैन । तर एउटा बेरोजगार युवालाई रोजगार बनाउन, एउटा हतास युवालाई सुखी र खुशी बनाउन, एउटा जिवनदेखि हार खाएको युवालाई नयाँ उर्जाको साथ अगाडि बढ्न, लक्ष्यबाट भ्रमित एउटा युवालाई लक्ष्यप्रति उन्मुख गराउन भने सकारात्मक सोचले धेरै सहयोग गर्नेछ । त्यति मात्र नभएर आत्महत्या गर्ने सोच बनाएको युवालाइ नयाँ जिवन पनि यहि सकारात्मक सोचले दिन सक्छ ।
यसकारण साथी हो, जागिर पाउनु मात्र ठूलो कुरा हैन । मानिस रोटिले मात्र बाँचेको छैन । जागिर र पैसा त केबल साधन मात्र हो, साध्य त तपाई हामीमा अर्न्तनिहित सकारात्मक सोच नै हो । यसर्थ बेरोजगार युवा साथी हो, तपाईहरूले पनि आफ्नो जिन्दगीलाइ सकारात्मक सोचबाट अघि बढाउन आफ्नो बेरोजगार जिन्दगीबाट आज नै बे निकालि फाल्नुहोस । अर्थात बे बाट बेइमानी, बेटिक सोच, बेकाम र बेवास्ता जस्ता सोचहरू पर फाल्नुहोस र त्यसपश्चात बेरोजगारबाट बे हटि बाँकी रहेको रोजगार जिन्दगीको विषयमा सकारात्मकताको साथ चिन्तन, मनन् र ध्यानाकर्षण गर्नुहोस ।

No comments:

Post a Comment