स्वागतम

मेरो यो ब्लग हेरिदिनु भएकोमा सवै चिर परिचित साथीहरू लगायत तपाइ अन्जान मित्रहरू सवैलाइ धेरै धेरै धन्यावद छ ।

खै किन हो



खै किन हो हिजोआज दाजुभार्इ फुट्दैछन रे
मलार्इ यति तलार्इ उति भन्दै बाडफाँड गर्दैछन रे        
म त भन्छु हामि एउटै, एउँटै आमाका सपूत हामि
तर किन खै किन हो देशपनि आज फुट्दैछ रे ।

गाको वर्ष आको वर्ष म त सबै नेपाली देख्छु
तर किन नेपाली आज जातजातिको लागि जुध्दैछन रे
मेचि कालि जतापनि एउटै रंगको रगत न हो
तर किन तेरो फाल्टो मेरो फाल्टो भन्ने स्वार्थ चुक्दैछ रे ।।

आँशु झार्दै नेपाल आमा हात पसार्दै रोइरहेछिन
तर किन सन्तान सन्तान लडाइ गर्न जुट्दैछन रे
खै किन हो हिजोअज दाजुभार्इ फुट्दैछन रे
मलार्इ यति तलार्इ उति भन्दै बाडफाँड गर्दैछन रे ।।।