स्वागतम

मेरो यो ब्लग हेरिदिनु भएकोमा सवै चिर परिचित साथीहरू लगायत तपाइ अन्जान मित्रहरू सवैलाइ धेरै धेरै धन्यावद छ ।

टीनएजका युवाहरूले सोच्नुपर्ने दश कुराहरू ।


१) विशेष गरि अचेलका टीनएजका युवापिढिहरू धेरै चुनौतिहरूको घेराबिन्दुमा रहेर जिइरहेका छन । आफ्नो असिमित चाहनाहरूलाइ घेराबेरा गर्न नसकेर राम्रो पढाइ, अशल आचरण, नयाँ नयाँ प्रविधि, साथी संगत, मनोरञ्जन, जागिर जस्ता यावत चुनौतिहरूले भरिपूर्ण छ उनिहरूको जिवन । तरपनि उनिहरूको अहिलेको जिवन पद्दति उनिहरूकै भाषामा भन्नुपर्दा रिमिक्स भइरहेको छ रे ।
      रिमिक्स यस अर्थमा कि, अचेलका युवापिढिहरू आधा नेपालीपन आधा गैरनेपाली पन । आधा स्वदेशी पहिरन आधा बिदेही पहिरन । आधा मातृभाषा आधा बिदेशी भाषा । आधा रैथाने लवज आधा बाध्यात्मक बैदेशिक लवज । यी यस्ता आधा आधा विषयहरूसँग घुलमिल भइ आफुलाइ समय सार्न्दभिक रिमिक्स बनाएका छों भन्ने गर्छन । तर उनिहरूले भन्दैमा सबैकुरा सहि हुन्छ र ? किनकि यसरी सबैकुरा आधा आधा भएकाहरूलाइ रिमिक्स मात्र हैन जोक्कर पनि भन्ने गरिन्छ । यसर्थ सभ्य बन्नुहोस है युवा भाइ हो ।
२) अचेलका धेरैजसो टीनएजका युवाहरूलाइ कता हिडेको भाइ ? भनेर सोध्यो भने हान्न हिडेको दाइ भन्छन । उनिहरूको भाषामा हान्न हिडेको भन्नाले के बुझिन्छ हामीलाइ के थाहा । हामी त हान्न हिडेको भन्नाले भाइहरू अब गोरू, राँगा भैसकेछन कि भन्ने बुझ्छौं । यसकारण सभ्य बोल्नुहोस है युवा भाइ हो ।
३) अचेलका टीनएजका धेरै युवाहरूले आदर सत्कार, मान मर्यादा गर्दैनन् । अग्रज दाजु, काका या भनौं नरनातालाइ ढोग्दैनन् । नमस्कार समेत गर्दैनन् । नयाँ जेनेरेशन, नयाँ चलन भनेर ठाँट लगाउँछन । तर उनिहरूको नयाँ जेनेरेशन नयाँ चलन सबैलाइ मान्य हुन्छ र ? किनकि यसरी नरनातालाइ आदर सत्कार नगर्नेलाइ त नयाँ जेनेरेशन मात्र हैन जंगली एनिमेशन पनि भन्न सकिन्छ । यसर्थ आफुभन्दा ठूलालाइ आदर सत्कार अनि सानालाइ माया गर्नुहोस है युवा भाइ हो ।
४) आजकलका धेरैजसो टीनएजका युवाहरू पढ्नमा पटक्कै रूचि देखाउदैनन् । पढेर हात्ति ठूलो अनि नपढेर कमिला सानो भएको हो र ? पढिगुनी के काम, हलो जोते पाइन्छ माम जस्ता टड्कारो जवाफ फर्काउछन । पढेर हैन बुझेरपनि धेरै पैसा कमाउन सकिन्छ भन्छन । तर यति भनिरहदा उनिहरूले अलिकति पनि सोचेनन् कि बुझेर मात्र पैसा कमाउने काम त सर्कसमा हिडाइने जंगली जनावरहरूले पनि गर्छन । अनि हलो मात्रै जोत्ने काम त राँगा र गोरूले गर्ने काम हो । यसर्थ सर्कसमा हिडाइने जंगली जनावर अनि खेत मात्रै जोतिरहने गोरू भनिनु भन्दा एउटा शिक्षित ब्यत्ति बन्ने बारेमा पनि सोच्नुहोस है युवा साथी हो ।
५) अचेलका धेरैजसो टीनएजका युवाहरू लागूपदार्थ दुर्व्यशनीमा फस्दैछन र फसेका पनि छन । उनिहरू आफ्नो टेन्शन हटाउनको लागि नशालु पदार्थको प्रयोग गर्छौ भनेर भन्ने गर्छन । तर ती भाइहरूले यतिसम्म पनि सोच्दैनन् कि नशालु पदार्थको सेवनले उनिहरूको टेन्सन मात्रै हट्दैन बलकी कुकुर सरह नालीमा सुतेर बेइज्जत समेत गर्दछ । यसर्थ टीनएजका दुर्व्यशनी भाइ हो आजैदेखि लागूपदार्थ त्याग्नुहोस ।
६) आजकलका टीनएजका युवाहरू टाउकोमा लगाएर क्याप । नशालु पदार्थको सेवनले मातेर झ्याप । कलेज स्कूल बंक गरेर हुन्छन ग्याप । वो वो...या या....गर्दै गाउँछन र्याप अनि आफुलाइ भन्छन कूल । के यसरी वो वो...या..या...वा...वा गर्दैमा र्याप भइन्छ त युवा भाइ हो ? किनभने यसरी वो..वो....या या...वा..वा त बोका र सँगुरले पनि गर्छ । यसर्थ टीनएजका युवा भाइ हो, संगीतको रागलाइ अनि कलाको मागलाइ बुझ्ने र पुज्ने काम पनि गर्नुहोस है ।
८) अचेलका टीनएजका केटाहरूले आफ्नो बाउबाजेको सम्पत्तिमा मोज गर्दै जिवनसाथी पाउनको लागि कपाल जुरो, घँघुरिएको साथै गह्रा गह्रा समेत पार्ने गर्छन । दाह्रि पनि स्टाइल स्टाइलले कटिगं गर्ने गर्छन । के यसरी कपाल दाह्रि चिटिक्क पार्दैमा असल जिवनसाथी पाउन सकिन्छ र ? यसरी फेशन गर्दा त एउटा केटि मात्र पट्टिन सक्छ, अशल जिवनसाथी हैन । किनकि कपाल जुरो पारेर पोथी फकाउने काम त एउटा चुरेली चराले पनि गर्छ । यसर्थ अकबरी सुनलाइ कसी लगाउनु पर्दैन भनेझै आफ्नो मौलिक पहिचान र प्राकृतिक सुन्दरतालाइ कृतिम वस्तुले सजाउने काम नगर्नु नै बेस हुन्छ है युवा साथी हो ।
८) आजकलका धेरैजसो टीनएजका युवाहरूले आफ्नो बाउबाजेको सम्पत्तिमा ढाढस समेत देखाउँछन । नयाँ नयाँ फेशन गर्छन । गरिबलाइ हेप्ने गर्छन । उस्तै ब्यत्तिलाइ सम्पत्तिको मातले मान्छे समेत गन्दैनन् । तर के बाउबाजेको सम्पत्तिको आडमा यस्तो आचरण र दुर्व्यवहार देखाउनु राम्रो हो त ? किनकि एउटा योग्य र सक्षम युवा पुरूषले बाउको सम्पत्ति, ससुरालीको दाइजो अनि स्वास्नीको कमाइमा घमण्ड गर्नु भनेको त मागि हिड्ने जोगिले सबै घरमा माग्ने अधिकार जताए झै हो । यसर्थ आफ्नो बाउबाजेको सम्पत्ति, ससुरालीको दाइजो अनि स्वास्नीको कमाइमा घमण्ड नगर्नुहोस है पुरूष मित्र हो ।
९) अचेलका धेरैजसो टीनएजका युवतीहरूले अगाडि बांगो पछाडि नांगो, माथि काटेको तल त पुरै छाँटेको लुगा बढि लगाउन थालिरहेका छन । जाडो होस या गर्मी उनिहरूको फेशन अरे । अनि यस्तो ड्रेसअप आजको जेनेरेशनले मागेको रे । तर के फेशनको नाममा यतिसम्मको उपद्रो सह्य छ त ? किनभने आजको जेनेरेशनले यस्तो लुगा मगे तापनि समाजले भने यस्तो अगाडि बांगो पछाडि नांगो, माथि काटेको तल पुरै छाँटेको लुगा त मागेको छैन नि । यसकारण कपडामा कन्जुस्याइ नगरी नारी हुनुको अस्मितालाइ पनि जोगाउनुहोस है महिला साथी हो ।
१०) अचेलका टीनएजका केटाहरूले राम्री केटि र केटिहरूले राम्रो केटा देख्नु बित्तिक्कै जागिर, भित्रि आचरण, अनुशासन, पारिवारिक वातावरणा र भविष्यको बारेमा समेत सोचबिचार नगरी नै जिवनसाथीको रूपमा स्वाकार्ने गर्छन । तर जसै उनिहरूले हडबडको समयमा गरेको गडबडपूर्ण कामले असर देखाउन थाल्छ तब उनिहरूको खुशीपूर्ण, शान्तपूर्ण र प्रगतिशिल वर्तमान र भविष्य अन्धकारमय, अभावपूर्ण, कहालिलाग्दो र संकटग्रस्त हुन पुग्छ । यसर्थ, बिवाह र औषधिलाइ सकेसम्म समयमा नै उपयोग र उपभोग गर्नुहोस । वर्तमानको क्षणिक रमाइलोमा आफ्नो भविष्य अन्धकारमय बनाउने गल्ति नगर्नुहोस है युवा मित्र हो । 
युवाहरूको विषयमा ध्यान दिनुपर्ने दश कुराहरू  
१. अचेलका युवाहरूलाई उनिहरूको आर्थिक, सामाजिक र शैक्षिक हैसियत अवगत गराउने ।
२. अनुशासन, आचरण र प्रवृति बिगार्ने कृयाकलापमा प्रेरित नगर्ने ।
३. पढाईमा प्रोत्साहन गर्ने ।
४. कूलतमा फसेका अन्य युवाहरूसँग बढि समय घुलमिल हुन नदिने ।
५. मानसिक, सारीरिक तथा संवेगात्मक दवाव नदिने ।
६. आत्मनिर्भर बन्नको लागि प्रेरित र सहयोग गर्ने ।
. उनिहरूको इच्छा, चाहना र भावनाको सकेसम्म ख्याल गर्ने ।
८. अन्य ब्यत्तिहरूलाइ झै युवाहरूलाई पनि उचित सम्मान, आदर र सत्कार गर्ने ।
९. सामाजिक अनुशासन कमजोर हुन नदिने ।
१०. समाजप्रति उत्तरदायि बनाउने ।

No comments:

Post a Comment