स्वागतम

मेरो यो ब्लग हेरिदिनु भएकोमा सवै चिर परिचित साथीहरू लगायत तपाइ अन्जान मित्रहरू सवैलाइ धेरै धेरै धन्यावद छ ।

Tuesday, September 23, 2014

मंगलमय शुभकामना



असोज महिना लागिसकेको छ । चाडपर्वले झप्प घेरिसकेके छ । हरेक साझबिहान चिसो बढ्दै गइरहेको छ । हावाले धानको बाला झुलाउँदैछ । बारीमा कोदो फुल्न थाल्दैछ ।
       हर्केको ढाकरको खकन र तक्मा मधेस झर्न कसिदै छ । काक्रा, स्कुस, सुन्तला, कागित बिक्रि गरि दशैंको खिर्चिमिर्चि सामान बोकेर पहाड उक्लने पहाडबासी भरीयाहरूको संख्या बाक्लो देख्न थालिएको छ । सानीले भत्किएको टाटि टालटुल पार्दैछिन् । तल्लो गाउँको धनबहादुर जमिन्दारकहाँ ऋण सापटि माग्ने आसामीहरू बढ्दैछन् । घैंटे र सुन्तलीको छोराछोरीले नयाँ नाना लगाउने जिद्दि गर्दैछन् । बिदेश गाको छोरा सम्झि बिर्खे बा बेला बेलामा भक्कानु छाड्दैछन् । लाहुर गएको रामेलाइ सम्झि चमेली पनि दोबाटोको पँधेरीमा आँखा तेर्साइरहेकि छिन् । ओझेलमा पर्दै गएको मालश्री धुन र सवलाको ताल गाउँबुढाको रेडियोमा घन्किन थालेको छ । किनकि दशैं आयो..........
       नेपालीहरूको महान चाड बिजया दशमी, दिपावली र छठ पर्वको उपलक्ष्यमा देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा उत्तरोत्तर प्रगति साथै सुख, शान्ति एवं सम्वृद्दिको हार्दिक मंगलमय शुभ कामना ।

Saturday, August 23, 2014

मेरो भनाईहरू


१. Distance Between Accountholder & NGO (DEBAN) को विषयमा महत्व नदिइनुको कारणले गर्दा पनि गैरसरकारी संस्थाहरूमा भ्रष्टचार र अनियमितता बढिरहेको छ .
२. मानव अधिकार मानिसको जिवन हो । भ्रष्टचारले मानव अधिकारलाई मार्ने काम गरेको छ । यसर्थ भ्रष्टचार गर्ने गराउने दुबैलाई ज्यानमारा सरहको कानूनी कारवाही हुनुपर्छ ।

१. बन्दले कालान्तरसम्म कसैको भलो गर्दैन । यसर्थ बन्द गरौं बन्द गर्न ।
२. बिवाह एक पश्चाताप हो, तर स्वीकार्य छ ।
३. साथी भनेको मन्द बिष हो । जस्को सहि डोजले फाइदा र बढि डोजले बेफाईदा गर्छ ।  
४. हाम्रो समाज अझसम्म सकारात्मक दृष्टिकोणबाट पूर्णरूपले परिभाषित हुन सकिरहेको छैन । असभ्य सोच बिचार र विश्वास जस्तो अप्राकृतिक विषयहरू अझसम्म हाम्रो समाजबाट पर सर्न सकेको छैन । बरू उल्टै ब्यत्तिहरू समाजबाट पर सरिरहेका छन ।
५. नेपालीहरूको एउटा नराम्रो परिपाटि, बन्द भन्नुबित्तिक्कै सडक छेउछाउको रूख बिरूवा काट्नुपर्ने । त्यो रूखबिरूवाले हाम्रो के बिगारेको छ र ? बरू उल्टै प्राणवायु अक्सिजन दिनरात दिइरहेको छ ।
६. विद्धार्थीहरूलाई दुई भागमा बाड्ने हो भने पहिले मेहेनत गरेर परीक्षामा सफल हुन चाहने र दोश्रो, चिटिंग गरेर परीक्षामा सफल हुन खोज्ने ।
       दुबै वर्गका विद्धार्थी, विद्धार्थी नै हुन । तर उनिहरूमा फरक यति छ कि, मेहेनत गरेर पास हुने विद्धार्थीहरू सफलसँगै सक्षम र दक्ष पनि बन्छन । तर चिटिगं गरेर पास हुने वद्धार्थी पहिले सफल मात्र हुन्छन । सक्षम र दक्ष बन्न उनिहरूले अझ बढि कडा मेहेनत गर्नुपर्ने हुन्छ ।
८. अचेलका युवाहरूले घर भित्रको कडा अनुशासनला घर बाहिरको उच्छृखल प्रवृतिबाट बचाउन सक्षम छैनन् । यसर्थ पनि अचेलका युवा पिढिहरू अनुशासन र उच्छृखलताको अनमेलपूर्ण दबावमा परि भविष्यप्रति हतास हुने, डिप्रेसनमा पर्ने र अन्तत अनैतिक कार्यमा समेत संलग्न हुने कार्यमा प्रेरित हुदै गइरहेका छन ।

Saturday, June 4, 2011

मेरो नाम देबन राई हो । मेरो जन्म २०४६/०९/१२ गते याम्खा  गा.बि.सको रात्माटा गाउँमा मध्यम वर्गीय परिवारमा भएको हो | मेरो आपाको नाम अम्बिकुमार राई र आमाको नाम रामकुमारी राई हो | मेरो दुई वटा  दिदीहरू हुनुहुन्छ | वहाहरुको नाम  औतारी राई र सानु राई हो |  साथै मेरो एउटा बैनी पनी  छ, उनको नाम  अन्जु राई हो | मेरो तीन वाटा भान्जीहरू निनिमा, नाइमा र सुम्निमा छन | मेरो दुर्इ भेनाहरू मणी  राई र राजेश राई हुनुहुन्छ |
हाल म ब्यबस्थापन संकाय,  स्नातकोत्तर तहमा अध्यनरत छू  । मेरो साथीहरु